प्रभु बैंकका सेवाग्राहीलाई २० प्रतिशत छुट

काठमाडौं– प्रभु बैंक, इला होटल्स एन्ड रिसोर्ट र मौलाकाली केबुलकारबीच ग्राहकलाई छुट दिने सम्झौता हस्ताक्षर भएको छ ।
सम्झौतापछि बैंकका ग्राहक र कर्मचारीले इला होटल्स एन्ड रिसोर्ट र मौलाकाली केबुलकारमा विशेष छुट पाउनेछन् । समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ, इला होटल्स एन्ड रिसोर्ट र मौलाकाली केबुलकारका महाप्रबन्धक अरवीन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि बैंकका ग्राहक र कर्मचारीले खानपानमा १० प्रतिशत छुट, केबुलकार टिकटमा २० प्रतिशत छुट, आवास सेवामा १० प्रतिशत छुट र केबुलकार यात्रा नि:शुल्क सेवा पाउनेछन् । सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको बैंकले बताएको छ ।