Logo

एनसेलको नयाँ साप्ताहिक रिन्यूअल प्याक

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सहज र सुलभ सञ्चार सेवाको मागलाई ध्यानमा राख्दै प्रिपेड ग्राहक लक्षित तीन वटा नयाँ साप्ताहिक रिन्यूअल प्याक सञ्चालनमा ल्याएको छ । एक साताका लागि ग्राहकको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याक सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।

यी प्याकमध्ये भ्वाइस प्याकअन्तर्गत ग्राहकले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न सकिने अल नेपाल कल भ्वाइस प्याक करसहित ९९ रुपैयाँमा लिन सक्नेछन् । यस्तै, साताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ मा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्ने एनसेलले बताएको छ ।

यसैगरी डेटा मात्र चाहने ग्राहकले १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्नेछन् । यी प्याकको प्रमुख विशेषता हरेक साता आफैं रिन्यू हुनु हो । यसले ग्राहकलाई बारम्बार प्याक लिनपर्ने झन्झटबाट मुक्त बनाउनेछ । ग्राहकले आवश्यकताअनुसार सजिलै सेवा रोजेर झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउन नयाँ प्याक सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्