Logo

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

कर्जाको गुणस्तर बढाउन जोड दिनेछौँ: नवनियुक्त गभर्नर पौडेल

काठमाडौं- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । वालुवाटारस्थित बैंकको कार्यालयमा बुधबार पदभार गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।

उनले भने, ”हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, ।” त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताए ।

त्यस्तै राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे । त्यस्तै, राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्