सिद्धार्थ बैंकको न्युरोड, नेपालगन्ज र बीपी चोकमा शाखा «

सिद्धार्थ बैंकको न्युरोड, नेपालगन्ज र बीपी चोकमा शाखा

नेपालगन्ज- सिद्घार्थ बैंकले मंगलबार बाँके अवस्थित न्युरोड, नेपालगन्ज शाखा र बीपी चोक शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको न्युरोड, नेपालगन्ज शाखाको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रूपमा र बीपी चोक शाखाको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रूपमा भएको थियोे ।
बैंकले न्युरोड, नेपालगन्ज शाखा २०७६ पुस १६ गते र बीपी चोक शाखा २०७६ भदौ ९ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्