Logo

पाँच हजार बढ्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार बढेको छ भने चाँदी ५० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा बुधबार प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्