Logo

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं- गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले नाम सिफारिस गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले विश्व पौडेल, निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको बताइएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ । आजैको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्