Logo

सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ल्याएको सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना लोकप्रिय बन्दै गएको बताएको छ । योजना बचत गर्न चाहने र भविष्यका आपतकालीन अवस्थाका लागि तयारी गर्न चाहने व्यक्तिका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

लचिलो प्रिमियम भुक्तानी र प्रत्येक ५ वर्षमा जोखिम कभरमा वृद्धि प्राप्त गर्न सकिनेछ भने राइडरलाई दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट सुविधा र घातक रोक रक्षावरणमा बीमितलाई सुरक्षा दिनेछ । बीमितले १०, १५, २० र २५ वर्ष अवधिको बीमा गर्न सक्नेछन् । भुक्तानी अवधि क्रमश: ८, १२, १६ र २० वर्षको रोज्न सक्नेछन् ।

योजनामा सहभागी हुन बीमितको उमेर कम्तीमा १८ वर्ष र बढीमा ६५ वर्षको हुनुपर्नेछ । बीमितहरुले न्यूनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा अधिकतम बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्