Logo

एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार

काठमाडौं– एभरेष्ट बैंकले सिन्धुलीको कमलामाई नगरपालिका–६ मा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कमलामाई शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेका छन् । कमलामाई शाखाबाट स्थानीयलाई अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

सोमबार कमलामाईका मेयर उपेन्द्रकुमार पोखरेल र बैंक सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रुपमा शाखा उद्घाटन गरे । कार्यक्रममा कमलामाई–६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलगायत सहभागी थिए ।

उक्त अवसरमा सञ्चालक समिति अध्यक्ष वैद्यले बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै स्थानीयबासीलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाए । कमलामाईमा विस्तारित नयाँ शाखासँगै बैंकका सन्जाल १३२ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्