Logo

ग्लोबल आइएमई लघुवित्तले मनायो वार्षिकोत्सव

काठमाडौं– पोखराको विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रमसहित स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ ।

ग्रामीण समुदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा सबल बनाउन सहयोग गर्ने उद्देश्यले स्थापित संस्थाले १३औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवमा विभिन्न शाखा तथा केन्द्रीय कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्