आइएमई लाइफका सेवाग्राहीलाई प्रेमदरबार होटलमा छुट

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले प्रेमदरबार होटलको जिपलाइन टिकटमा ५० प्रतिशत र होटलका सम्पूर्ण सेवामा ३५ प्रतिशत छुट पाउने सम्झौता भएको छ ।
छुट सुविधा प्राप्त गर्न कम्पनीका बीमितले मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधाको लाभ लिन सक्नेछन् ।
छुट सुविधा लिन प्रेमदरबार होटलको टिकट काउन्टरमा गएर जिपलाइनको टिकट खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाएको छ ।