सुनको मूल्य स्थिर हुँदा चाँदी घट्यो

काठमाडौं- सुनको मूल्य स्थिर हुँदा चाँदी भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य मंगलबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा मंगलबार प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको छ ।