Logo

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ । यो अफर सीमित समयको लागि यही जेठ ५ देखि १४ गतेसम्म लागू हुनेछ । अफरले ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागू गरिएको छ ।

यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन् । प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरूमा नि:शुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि नि:शुल्क बीमा कभरेज प्राप्त गर्नेछन् ।

साथै यस अफरमा ग्राहकहरूले सडक करसमेत नि:शुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ । यो प्रि-बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुबिधा प्रदान गर्ने एक एक सक्रिय पहल हो ।

इभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूको बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरूममा जान सकिने छ । हुन्डाईको विद्युतीय सवारी साधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्त्वपूर्ण अवसरको सदुपयोग गर्न आग्रह गरेकाे छ ।

लक्ष्मी हुन्डाईले री–लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर इभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ । जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन् । साथै ग्राहकहरूलाई समान विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्री पछिको समर्थन सुनिश्चित गर्दछ।

प्रतिक्रिया दिनुहोस्