होन्डा फ्री सर्भिस क्याम्प सम्पन्न

काठमाडौं– नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फ्री सर्भिस क्याम्प र होन्डा इलेभेट गाडीको टेस्ट ड्राइभ सम्पन्न भएको जनाएको छ ।
कम्पनीले होन्डा ग्राहक लक्षित दमक, धरान, विराटनगर, इटहरी, बिर्तामोडलगायत सहरमा तीन दिनसम्म विराटनगरस्थित होन्डाको आधिकारिक सुवध अटो सर्भिस सेन्टरमा सम्पन्न गरेको हो ।
अफरमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टस्मा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडिएस स्क्यानका साथै २००१ मोडलदेखि २०१४ मोडलसम्मका तोकिएका गाडीमा होन्डा सेफ्टी री–कलअन्र्तगत नि:शुल्क एयरब्याग परिवर्तन गरेको थियो ।