Logo

कनेक्ट आईपीएसको अफर

काठमाडौं– कनेक्ट आईपीएसले ‘सुरक्षासँगै क्यासब्याक, कनेक्ट आईपीएसको साथ’ अफर सार्वजनिक गरेको छ । जेठ ४ देखि साउन ३१ सम्म लागू हुने अफरअन्तर्गत कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले एक हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यस्तै, महिना एक भाग्यशाली विजेताले प्रिमियम भुक्तानी रकम बराबर वा अधिकतम २० हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन् । लक्की ड्रमार्फत छानिएका १० साप्ताहिक विजेताको जानकारी एक साता तथा मासिक १ जना भाग्यशाली विजेताको जानकारी महिना सकिएपछि कनेक्ट आईपीएसको वेबसाइट तथा आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा लाइफ इन्स्योरेन्सको वेबसाइटमा जोडिएको कनेक्ट आइपिएस गेटवेमार्फत गरिएको प्रिमियम भुक्तानीमा उक्त अफर लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्