नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको छुट सम्झौता

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । आइतबार बैंक र होलिडे इन रिसोर्टबीच ग्राहकलाई खाना र पेय पदार्थमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
ग्राहकले छुट सुविधा पाउन एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा दिँदै आएको बैंकले जनाएको छ ।