जेनेसिस भिल्लाको अग्रिम बुकिङ

पोखरा– पर्यटकीय नगरी पोखरामा निर्माणाधीन जेनेसिस भिल्ला परियोजनाको अग्रिम बुकिङ खुलेको छ । आइतबार दुई वटा भिल्लाको अग्रिम बुकिङ भएको छ । लगानीकर्ता र सम्भावित ग्राहकलाई भिल्लाका विशेषता एवं परियोजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा दुई भिल्ला अग्रिम बुकिङ भएको परियोजना संयोजक प्रवेश श्रेष्ठले जानकारी दिए ।
कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै जेनेसिस भिल्लाका विशेषता र बुकिङपछि ग्राहकलाई उपलब्ध गराइने सेवाबारे जानकारी दिइएको उनको भनाइ छ । संयोजक श्रेष्ठले विशेषगरी ग्राहकमैत्री सेवा मोडलमा जोड दिँदै भिल्ला खरिदकर्ताका लागि उपलब्ध बाई ब्याक ग्यारेन्टी सेवाबारे उल्लेख गरे । कम्पनीले उक्त भिल्लाको दुई करोड ४९ लाख रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
पहिलो चरणमा १० वटा भिल्ला बिक्री गर्ने योजनामा रहेको कम्पनीले जनाएको छ । खरिदकर्ताले निश्चित अवधिपछि आफ्नो सम्पत्ति कम्पनीलाई फिर्ता बेच्न सक्ने सुविधा पाउनेछन् भने लगानीमा जोखिम न्यूनीकरण गर्दै ग्राहकको विश्वास जगाइने कम्पनीको दाबी छ ।