नेपाल आइडलका प्रतियोगीलाई ई–सेवाबाट भोट गर्न सकिने «

नेपाल आइडलका प्रतियोगीलाई ई–सेवाबाट भोट गर्न सकिने

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा ई–सेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक ई–सेवामार्फत् भोटिङ गर्न सकिने भएको हो । ई–सेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।
प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोटदेखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८ः३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्