ओमोडा एन्ड जेइकोमा प्रि–बजेट एक्सचेन्ज अफर

काठमाडौं– नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले स्वीच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ योजना सार्वजनिक गरेको छ । २०८२ जेठ ४ देखि १० सम्म जारी रहने अफर ‘ओमोडा ई–फाइभ’ र ‘जेइको जे–सिक्स’ मोडलमा लागू हुने कम्पनीले जनाएको छ ।
विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत ग्राहकले विभिन्न फाइदाको लाभ लिन सक्नेछन् । नि:शुल्क एक वर्षको बीमा, एउटा नि:शुल्क सात किलोवाटको चार्जर, र ब्याट्री र मोटरमा आठ वर्ष वा १६०,००० किमिको वारेन्टी रहेका छन् ।
यस्तै, ८० प्रतिशत फाइनान्सिङसहित ५५,९९,००० रुपैयाँबाट सुरु हुने गाडीको डेलिभरी जेठ १७ भित्रै निश्चित गर्ने ग्राहकका लागि पुरस्कार व्यवस्था गरिएको कम्पनीले जनाएको छ । गाडी डेलिभरी गरिएकामध्ये भाग्यशाली एक जोडीले चीन भ्रमण गर्ने मौका, एक जनाले आइफोन १६–प्रो, पाँच भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् ।
दुई भाग्यशाली ग्राहकले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीका लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।