धादिङमा बुक बस सञ्चालन «

धादिङमा बुक बस सञ्चालन

धादिङ – झट्ट हेर्दा दमकल जस्तो देखिने बाहिरी आवरण भएको गाडी विद्यार्थीको आकर्षणको केन्द्र भएको छ । त्यो गाडी दमकल नभई बुक बस अर्थात् मोबाइल पुस्तकालय हो । बुक बसमा कथा, कविता, तथा उपन्यासका नेपाली र अंग्रेजी भाषाका दुई हजारको हाराहारीमा पुस्तक रहेको बसकी सञ्चालक निशा कार्कीले बताइनन् ।
बुक बस माघ १५ गतेदेखि फागुन ७ गतेसम्म जिल्लाको गजुरी गाँउपालिकाको गजुरी बजार स्थित आर्दश माध्यमिक विद्यालय, सिद्धलेक गाउँपालिकाको आदमटार स्थित सत्यवती माध्यमिक विद्यालय र गल्छी गाँउपालिकाको बैरेनी बजार स्थित बागेश्वरी माध्यमिक विद्यालयमा चार दिन बुक बस रहनेछ । सत्यवती माध्यमिक विद्यालयमा बस लान बाटो नभएकाले भरीया मार्फत पुस्तक स्कुलमा पु¥याइने छ ।
बुक बस विद्यार्थीहरुको अलावा अभिभावक, शिक्षक र पुस्तकका पारखीहरुका लागि बहुउपयागी हुने विश्वास आयोजकहरुको छ । फागुन ५ र ६ गते बुक बसका प्रशिक्षक र विद्यार्थीहरुले गरेको कामको प्रदर्शनी आदर्श मावि गजुरीमा हुने छ । प्रदर्शनीमा विद्यार्थीहरुले रचना गरेका कथा, कविता, गित र चित्रहरु प्रर्दशनी गरिने कार्कीले बताइन् ।
अमेरिकी दूतावासका सहयोगमा शैक्षिक तथा सांस्कृतिक योजनाहरुको प्रवन्धन सेवा उपलव्ध गराउने संस्था सालोरी सेन्टर फर द आर्टस् बुक बस अमेरिकन स्पेस कार्यक्रम अन्तरगत सञ्चालन भएको हो । बुक बसले अन्तर्राष्ट्रिय संस्था पिस कोरसँगको सहकार्यमा बुक बस सञ्चालनमा ल्याएको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बुक बसबाट अन्तरजातिय द्वन्द्व, शिक्षा, प्रविधि, तथा नयाँ कुराहरुको जानकारी लिन सक्नेछन् ।
पुस्तकालयको सुविधा नभएका विद्यालयका विद्यार्थीलाई सिर्जनात्मक शैलीमा पढ्ने अवसर दिन बुक बस प्रभावकारी हुने भएकाले विद्यार्थीहरुले आफूलाई मन परेका पुस्तकहरु रोजेर पढ्न पाउने व्यवस्था छ । सन् २०१३ बाट सञ्चालनमा ल्याएको बुक बस धादिङ जिल्लामा दोश्रो पटक ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्