सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं- सुनको मूल्य बढ्दा चाँदी भने स्थिर रहेको छ । आइतबार ६ सय घटेको सुनको मूल्य सोमबार प्रतितोला ६ सय रूपैयाँ नै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।