Logo

सेन्ट्रल फाईनान्स लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- सेन्ट्रल फाईनान्स लिमिटेडको २८औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त यस वित्तीय संस्थाले २८ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा दिँदै आएको छ ।

संस्थाको केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा अवस्थित छ भने हाल देशभर १९ वटा शाखा र १ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गरिरहेको छ । ती शाखाहरू काठमाडौंको चावहिल, गोंगबु, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुर, महोत्तरी, नवलपरासी, बारा, सिन्धुली, सर्लाही, धनुषा, सुनसरी, झापा, पर्सा, मोरङ र रौतहटलगायत स्थानमा सञ्चालनमा छन् ।

संस्थाले बैंक खाता, वालेट, क्युआर लगायतका डिजिटल भुक्तानी सुविधामा पहुँच विस्तार गर्दै आएको छ । विभिन्न शाखाहरूमा एटीएम सेवा पनि उपलब्ध छ । हाल संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ छ भने निक्षेप ७ अर्ब ३६ करोड रुपैयाँ र कर्जा ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्