२.७९ अंकले घटेको शेयर बजारमा साढे ८ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.७९ अंक घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २ हजार ६०९.०५ विन्दुमा कायम भएको हो । गएको बिहीबार ७ अर्ब ८ करोडको कारोबार भएकोमा आइतबार ८ अर्ब ५० करोडको कारोबार भएको छ । १ सय कम्पनीको मूल्य बढ्दा १ सय ४५ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो ।
आइतबार धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स क्रमश: अगाडि रहेका छन् । आइतबार अन्य समूह सबैभन्दा धेरै ४.१९ प्रतिशत बढेको छ । यो समूहमा रहेका दुई कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा समग्र समूह बढेको हो ।
त्यस्तै माइक्रोफाइनान्स १.२२ र होटल तथा पर्यटन १.११ प्रतिशत बढेको छ । यीबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.६८ प्रतिशत घट्यो । निर्जीवन बीमा ०.८८, उत्पादन ०.३४, जीवन बीमा ०.६७, लगानी ०.२७, हाइड्रोपावर १.३६, फाइनान्स ०।४७, विकास बैंक २.२२ र बैंकिङ ०.१४ प्रतिशत घटे । ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
त्यस्तै विन नेपाल लघुवित्तको ९.५३, नेपाल पुनर्बीमाको ८.४१, बाराही हाइड्रोपावरको ७.३२, स्वाभिमान लघुवित्तको ६.९८, ओरियन्टल होटलको ६ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७१, नेपाल माइक्रोइन्स्योरेन्सको ७.५३, ग्रिन डेभलपमेन्ट बैंकको ६.९४, क्रेस्ट माइक्रोइन्स्योरेन्सको ६.८६ र युनिभर्सल पावरको ६.१ प्रतिशत मूल्य घट्यो ।