ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस प्रमाणीकरण

काठमाडौं– ग्लोबल आइएमई बैंक पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्युरिटी स्टान्डर्ड प्रमाणीकरण भएको छ । प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तरमा थप विश्वसनीय हुनेछ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरण कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित प्रमाणित भएको बैंकले जनाएको छ ।
नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटी स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) हो । बैंकले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको जनाएको छ ।