Logo

कारोबारकर्मी सागर परियार पुरस्कृत

जुम्ला– कारोबार राष्ट्यि आर्थिक दैनिकका जुम्ला संवाददाता सागर परियार रोटरी इन्टरनेसनलको ‘रोटरी जर्नाे अवार्ड’बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विद्याका अवार्डमध्य यस वर्षको खानेपानी र सरसफाइतर्फको प्रतिष्ठित रोटरी जुर्नाे अवार्ड–२०२५ कारोबारकर्मी पत्रकार परियारलाई प्रदान गरिएको हो ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेसनलका डिस्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनले पत्रकार परियारलाई ५१ हजार नगद र कदरपत्रसहित अवार्ड हस्तान्तरण गरे । अवार्डका लागि सार्वजनिक सूचना आह्वान गरिएकामा देशभरबाट ५५ जना पत्रकारको आवदेन परेको थियो ।

जुरी कमिटीले प्राप्त आवेदन र प्रकाशित स्टोरी गहन अध्ययन गरेर खानेपानी र सरसफाइतर्फको अवार्डमा सागर परियारलाई छनोट गरेको हो । कारोबारकर्मी परियारसँगै अन्य विधातर्फ पत्रकार विकास रौनियार, कल्पना आचार्य, पवनवर्षा शाह, उन्नति चौधरी, र अनिता भेटवाललाई पनि रोटरी अवार्डमार्फत पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्