भोकमरीको उपचार दिने दक्षिण एसियाली फल

दक्षिण र दक्षिणपूर्व एसियाली मुलुकमा गरिबहरूको फलको रूपमा चिनारी पाएको र यसक्षेत्रमा कुहिएर जाने प्राकृतिकरूपमा पाइने फल पश्चिमा जगतमा पौष्टिक आहारको रूपमा विकास भइरहेको पाइएको छ ।
बेलायतका लागि यो विदेशी फलको स्वाद सुँगुरको मासुको जस्तो हुने र यसको गन्ध बस्तु कुहिएको जस्तो भएको बताइएको छ । तर यो फल भोकमरीबाट मर्ने लाखौंको जीवन बचाउन सक्ने यो फलको विशेषतालाई ध्यान दिएर बजार विस्तारमा लागेको एक दम्पत्तिको विश्वास छ ।
नेपाल भारतमा यो फल कटहर र कटहलकामे रूपमा चिनिन्छ भने बेलायतमा यसलाई ज्याकफ्रुट भनेर चिनिन्छ । दक्षिण र दक्षिण पूर्व एसियामा पाइने एउटा कटहरको वजन साढे चार किलो देखि ४५ किलोसम्मको हुने गरेको छ । एउटा कटहरमा सयौं बिउहरू हुन्छ । यो बिउ पौष्टिकतत्वहरूको खजाना नै हो । क्यालसियम, प्रोटिन, आइरन र पोटासियम पौष्टिक तत्वहरूको यो बिउ घर हो । एउटा कटहर एक जना परिवारको भोजनका लागि पर्याप्त हुन सक्ने देखिएको छ । यससम्बन्धी अनुसन्धानकर्ताहरूले बदलिदो हावापानीले गर्दा संकटमा पर्दै गएको गहुँ र मकैको ठाउँमा कटहर उपयोगी हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।
बकिङघमका एक स्नातक दम्पत्तिले सुँगुरको मासुको स्थानमा विकल्पको रूपमा कटहरको बजार विस्तारमा लागेका छन् । २३ वर्षीय दम्पत्ति जोर्डन ग्रेसन र अबि रोबर्टसनले मांसाहारी भोजनको ठाउँमा कटहरको प्रयोगमा ध्यान दिएका छन् । उनीहरूले आफ्नो अभियानलाई प्रोजेक्ट ज्याकफ्रुट नाम दिएका हुन् । उनीहरूको प्रोजेक्ट ज्याकफ्रुटको मुख्य स्रोत भारतका कटहर हो । दम्पत्तिले जनाए अनुसार कटहरको लोकप्रियता बंगलादेश लगायत दक्षिणपूर्व एसियाली देशमा विशेषरूपले पाइएको छ ।
उनीहरू भन्छन् “ हामीले यसको प्रयोगबारे केही मानिसले दिक्क मानेको र विश्वास गर्न नसकेको पाएका छौं ।” तर उनी विश्वास व्यक्त गर्छन–“ मासु भन्दा यो तपाईका लागि राम्रो हुन सक्छ ।”
सन् २०१७को अक्टोरबमा सञ्चालन गरिएको कोष संकलन अभियानबाट ७००० हजार पाउन्ड स्र्टलिंग संकलन भएको थियो । यसबाट यो दम्पत्तिले यो परियोजनालाई भारतमा सुरू गर्न सघायो ।
प्रोजेक्ट ज्याकफ्रुटले कटहरको ३०० ग्रामको पाउचलाई ५ पाउन्डस्टर्लिंगमा बेच्ने गरेको छ । उनीहरूले यसलाई बेलायतको खुद्रापसलमा मासुको विकल्पको रूपमा बजार विस्तार गर्ने योजना बनाइरहेका छन् । यो योजना छिट्टै सुरू हुनेछ ।
अमेरिकामा भने कटहर सस्तो रहेको पाइएको छ । उनीहरूका अनुसार विश्वको भोकमरीको समाधानका लागि कटहर एक महत्वपूर्ण खेलाडी साबित हुन सक्नेछ । हरेक फलमा भिटामिन सी प्रचुरमात्रा मात्रै पाइदैन यसमा रहेका पहेला डल्ला र बिउमा पौष्टिक तत्व प्रचुरमात्रा पाइन्छ । यसको बिउमा प्रोटिन, पोटासियम, क्यालिसियम र आइरन जस्ता तत्वहरूको प्रचुरताले एक किलो कटहरमा ९५ क्यालरी प्राप्त हुन्छ । यो आफैमा एक चमत्कार हो ।भारतको बेंगलोरस्थित युनिभर्सिटी अफ एग्रिकल्चर साइन्समा बायोटेक्नलजिका एक अनुसन्धानकर्ता डा. श्यामला रेडीले जनाए अनुसार कटहरमा धेरै पौटिष्टक तत्व र क्यालरीसबै प्राप्त हुन्छ । यसको प्रयोग भिएतनाम , बंगलादेश र अन्य देशहरूमा धेरै भएपनि भारतमा ७५ प्रतिशत कटहर कुहिएर जान्छ । गरिबहरूका लागि यो फल चिनिएकोले यसको संरक्षणमा ध्यान दिने सोच नभएकाले यस्तो हुने गरेको छ ।
अनुसन्धान र प्रयोगको लोकप्रियताबारे थाहा पाएपछि भारतका केही संगठनहरूले कटहरबारेको बुझाईलाई परिवर्तन गर्न क्रियाशील भएको पाइएको छ । एक रूखका लागि किसानले १५० डलरसम्म पाउन्न सक्छन् । कारण यसको बोक्रा र फलबाट धेरै उत्पादन हुन सक्रूखका लागि किसानले १५० डलरसम्म पाउन्न सक्छन् । कारण यसको बोक्रा र फलबाट धेरै उत्पादन हुन सक्छ । यसमा प्राकृतिक तेल, दुध र वस्तुभाउका लागि चाहिने खानेकुरा समेत प्राप्त हुन्छ ।
यति विशेषताका साथ यो रूख खडेरी लागेका बेला पनि बाँचिरहन्छ । त्यसैगले यो चमत्कारी फल हो ।बेलायती दम्पत्तिले यसबारे यस्तो ट्विट गरेका छन् । एसियामा पौष्टिक तत्वका अभाव र आमदानीको अभावले धेरै मानिसहरूको ज्यान जाने गर्छ । कटहर पाके पनि खान मिल्ने नपाके पनि खान मिल्ने भएकाले यो चमत्कारी फल भएको उनीहरूको बुझाइ छ ।
आवश्यक मसलाहरूको प्रयोग गरी उचित विधिमा पाइएको यसको स्वाद विशिष्ट खालको हुने बेलायती दम्पत्तिले जनाए ।
बेलायतमा सुँगुरको मासुको मुल्य ३.५० पाउन्डस्टर्लिंगको हाराहारीमा छ भने कटहरको मुल्य प्रतिकिलो १५ पाउन्डस्टर्लिंग छ र पनि यी दम्पत्तिले बेलायतमा यसको विस्तारमा जुटेका छन् ।
उनी भन्छन् “ हामी कटहरलाई बेलायत र बेलायत बाहिर खानको मुख्यधारमा सामेल गराउने महत्वाकांक्षा बोकेका छौं ।”