डोलेश्वर भिलेज रिसोर्ट–सिटिजन्स क्यापिटल सम्झौता

काठमाडौं– डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस प्रालि र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा डोलेश्वर भिलेज रिसोर्टका अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतापछि सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनीमा रुपान्तरण गर्न तथा सार्वजनिक निष्कासन (आईपीओ) अनुमति लिन परामर्श सेवा दिनेछ । २०७६ देखि कारोबार सुरु भएको रिसोर्ट डोलेश्वर भक्तपुरमा दस रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठा छन् । कोठा संख्या बढाएर ३५ वटा पुर्याउने र स्वीमिङ पुल पनि निमार्णाधीन अवस्थामा छ ।