टाटा मोटर्सको प्रि–बजेट ‘एक्सचेन्ज फेस्ट’

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि प्रि–बजेट एक्सचेन्ज फेस्ट आयोजना गरेको छ । फेस्ट जेठ ४ सम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ ।
मेलामा ग्राहकले कुनै पनि ब्रान्डका पुराना गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यस्तै, ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, नि:शुल्क एसेसरिज र जीवनभर नि:शुल्क चार्जिङलगायत सुविधा पाउने कम्पनीले बताएको छ ।
फेस्टमा ८० प्रतिशतसम्म वित्तीय सुविधा दिइनेछ। यसबाट ग्राहकलाई इलेक्ट्रिक गाडी खरिद सहज हुने विश्वास कम्पनीको छ । टाटा टियागो, कर्भ, पन्च, नेक्सन के३ ईभीलगायत मोडलमा यो अफर लागू हुनेछ ।