हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

काठमाडौं– नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवामा विद्युतीय गाडी (ईभी) नयाँ क्रेटा सार्वजनिक गरेको छ । कार्यक्रममा अहिलेसम्मकै सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ क्रेटा ईभी आगमनले विद्युतीय सवारीबारे द्विविधामा रहेका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडल निर्माण थालिसकेको र क्रेटा ईभी तथा आईसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिदपछिको सेवा–सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीको भनाइ छ ।
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्ने भएको छ । यसअन्तर्गत अहिले देशभरका विभिन्न ठाउँमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको छ । यसले ग्राहकलाई हुन्डाईको पेट्रोल आईसीई र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पाट्र्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीको छ ।
नयाँ क्रेटा ईभीको बजार विस्तारका क्रममा उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरसँग प्रत्यक्ष भेटघाटमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले ३१ वैशाखमा सिद्धिविनायक मोटोकर्प प्रालि बुटवल र जगत मोटर्स भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ ।