रोल्पाका स्थानीय तहको बेरुजु १८ करोड ४० लाख

रोल्पा– रोल्पाका स्थानीय तहको बेरुजु घट्दो क्रममा देखिएको छ । एक नगरपालिका र ९ गाउँपालिका गरी दस स्थानीय तह रहेको रोल्पामा महालेखा परीक्षकको ६२औं प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा १० अर्ब २५ करोड ३० लाख ३० हजार लेखा परीक्षण गरीएकोमा १८ करोड ४० लाख ४३ हजार बेरुजु देखाएको छ ।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा ९ करोड ६० लाख ७० हजार कम बेरुजु देखिएको छ । ६१ औं प्रतिवेदनमा रोल्पाका स्थानीय तहको २८ करोड ०१ लाख १३ हजार बेरुजु देखाएको थियो भने ६२औं प्रतिवेदनले १८ करोड ४० लाख ४३ हजार बेरुजु देखाएको छ । सबैभन्दा कम सुनिलस्मृति गाउँपालिकामा बेरुजु देखिएको छ भनेसबैभन्दा बढी गंगादेव गाउँपालिकामा रहेको छ ।
सुनिलस्मृति गाउँपालिकाको एक अर्ब १३ करोड ६३ लाख २६ हजार लेखापरीक्षण गरीएकोमा ३७ लाख ४८ हजार अर्थात् ०.३३ प्रतिशत बेरुजु देखिएको छ । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० मा एक करोड ६८ लाख ६२ हजार अर्थात् १.२७ प्रतिशत बेरुजु देखिएको थियो ।
त्यस्तै गंगादेव गाउँपालिकाको ९० करोड ४३ लाख ८३ हजार लेखापरीक्षण गरीएकोमा ३ करोड ५३ लाख ७४ हजार अर्थात् ३.९१ प्रतिशत बेरुजु देखिएको छ । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० मा ६ करोड ५४ लाख ४० हजार अर्थात् ६.१३ प्रतिशत बेरुजु देखिएको थियो ।
त्यस्तै रोल्पा नगरपालिकाको १ अर्ब ३९ करोड ९१ लाख ८८ हजार लेखा परीक्षण गरीएकोमा १ करोड ११ लाख ४३ हजार अर्थात् ०.८० प्रतिशत बेरुजु देखिएको छ । अघिल्लो वर्षको प्रतिवेदनको तुलनमा यस वर्ष यस पालिकाले बेरुजु घटाएको छ । आर्थिक वर्ष २०७९/०८० मा सो नगरपालिकाको १.१२ प्रतिशत अर्थात् १ करोड ७६ लाख ९५ हजार बेरुजु देखिएको थियो ।
त्रिवेणी गाउँपालिकाको १ अर्ब ०८ करोड ६२ लाख २८ हजार लेखा परीक्षण गरीएकोमा १ करोड ५३ लाख ०३ हजार अर्थात १.४१ बेरुजु देखिएको छ । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ३६ लाख ८३ हजार अर्थात् २.६९ प्रतिशत बेरुजु देखिएको थियो ।
थबाङ गाउँपालिकामा ७९करोड २१ लाख ८९ हजार लेखा परीक्षण गरीएकोमा १ करोड ९५ लाख ५५ हजार अर्थात् २.४७ प्रतिशत बेरुजु देखिएको छ । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९५ लाख ५५ अर्थात् २.४७ प्रतिशत बेरुजु थियो ।
परिवर्तन गाउँपालिकामा शुन्य.६६ प्रतिशत बेरुजु देखिएको छ । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९५ लाख ५५ अर्थात् २.४७ प्रतिशत बेरुजु थियो । सो गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १ करोड २६ लाख १० हजार अर्थात् ०.९८ प्रतिशत बेरुजु थियो ।
माडी गाउँपालिकाको ९० करोड ४ लाख ८० हजार लेखा परीक्षण गरीएकोमा ३ करोड १० लाख ५५ हजार अर्थात् ३.४५ बेरुजु देखिएको छ । सो गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १ करोड ६६ लाख १० हजार अर्थात १.५१ प्रतिशत बेरुजु थियो ।
रुन्टीगढी गाउँपालिकको १ अर्ब १३ करोड १९ लाख ४७ हजार लेखा परीक्षण गरीएकोमा १ करोड २४ लाख अर्थात् १.१० बेरुजु देखिएको छ । सो गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ३५ लाख ८ हजार अर्थात २.५९ प्रतिशत बेरुजु थियो ।
लुंग्री गाउँपालिकाको १ अर्ब २४ लाख ५५ हजार लेखा परीक्षण गरीएकोमा ३ करोड २६ लाख ४३ हजार अर्थात् ३.२६ प्रतिशत बेरुजु देखिएको छ । सो गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ९ लाख ७८ हजार अर्थात् ३.४१ प्रतिशत बेरुजु थियो ।
सुनछहरी गाउँपालिकाको ८६ करोड ०४ लाख लेखा परीक्षण गरीएकोमा १ करोड ५९ लाख ९५ हजार अर्थात् १.८६ प्रतिशत बेरुजु देखिएको छ । सो गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २ करोड ५७ लाख ११ हजार अर्थात् ३.३९ प्रतिशत बेरुजु थियो ।
सुनिलस्मृति गाउँपालिकाको १ अर्ब १३ करोड ६३ लाख २६ हजार लेखा परीक्षण गरीएकोमा ३७ लाख ४८ हजार अर्थात् ०.३३ प्रतिशत बेरुजु देखिएको छ । सो गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १ करोड ६८ लाख ६२ हजार अर्थात् १.२७ प्रतिशत बेरुजु थियो ।