बिर्तामोडमा कोरोनाबारे जनचेतना «

बिर्तामोडमा कोरोनाबारे जनचेतना

बिर्तामोड -छिमेकी देश चीनमा महामारीकै रुपमा फैलिएको नोबल कोरोना भाइरसविरुद्ध बुधबार बिर्तामोडमा सचेतना गराइएको छ । बिर्तामोडमा सक्रिय विभिन्न संघसंस्थाको आयोजनामा बृहत सचेतना -याली गरिएको थियो । बिर्तामोड उद्योग वाणिज्य संघ, वीरता लेडी जेसीज र नेवाः मिसा दवु, इलाका प्रहरी कार्यालय बिर्तामोडको अगुवाइमा बिर्तामोडस्थित मुक्तिचोकबाट शुरु भएको सचेतना र्यालीमा स्वतःस्फूर्त रुपमा अन्य संघ–संस्था, स्वास्थ्य तथा शैक्षिक प्रतिष्ठानलगायत स्थानीय नागरिक सहभागी थिए ।
बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कोरोना भाइरसको संक्रमणबाट बँच्ने उपायहरुका बारेमा जानकारी गराइएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । हस्पिटलले सहभागीहरुलाई माक्स वितरण गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रव शिवाकोटीले कोरोना भाइरस विरुद्ध समयमा नै सचेत हुन आवश्यक रहेको बताए । विदेशीहरुको आगमन हुने नेपालको पूर्वी नाका काँकरभिट्टामा हेल्थ डेस्क स्थापना गरी आगन्तुकहरुको स्वास्थ्य जाँच भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्