सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडाैं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ अवस्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु सहयोग प्रदान गरेको छ ।
यस विद्यालयमा करिब १ हजार बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् । अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजता होस भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो । विद्यालयमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप पंखाहरु हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि बताए ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।