गरिमा विकास बैंकका थप दुई शाखा विस्तार

काठमाडौं– गरिमा विकास बैंकले स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । दुवै शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
बिरुवा शाखा उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंक अध्यक्ष दिलीपप्रताप खाँडले संयुक्त रुपमा गरे । यस्तै, अर्जुनचौपारी शाखा उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंक अध्यक्ष खाँडले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ ।
नयाँ शाखाबाट उक्त क्षेत्रका स्थानीय, व्यवसायिक फर्म/कम्पनी तथा अन्य संघ–संस्थालाई उत्कृष्ट सेवा दिन बैंक प्रतिबद्ध रहेको अध्यक्ष खाँडले बताए । हाल बैंकले देशभर १२५ शाखा, १ एक्सटेन्सन काउन्टर र ५० एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।