Logo

सिन्धु विकास बैंकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र रक्तदान कार्यक्रम

काठमाडौं- बनेपा काभ्रेमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैंकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय बाह्रविसेले नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उप-शाखासँगको संयुक्त आयोजनामा २०८२ वैशाख २९ गते बाह्रविसे नगरपालिका ०८ मा खुल्ला रक्तदान कार्यक्रम र श्री प्राइभेट प्याराडाइज मा.वि.मा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

श्री प्राइभेट प्याराडाइज मा.वि.मा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रविसे नगरपालिकाका १० वटा विद्यालयका १८ जान विद्यार्थीले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा २०० भन्दाबढि जनसमुदायको उपस्थिती रहेको थियो ।

सो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार द्धितिय हुनेलाई ९ हजार र तृतिय हुनेलाई ६ हजार नगद उपहार पनि प्रदान गरिएको थियो । साथै रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका थिए । बैंकले आफ्नो सामाजिक उतरदायित्व कार्यलाई निरन्तरता दिने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्