Logo

जस्मिन पेन्ट्सका उत्कृष्ट ५० डिलर अष्ट्रेलिया भ्रमणमा

काठमाडौं– जस्मिन पेन्ट्स लिमिटेडले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमण गराएको छ । डिलरले व्यवसायमा पुर्‍याएको योगदान मूल्यांकन गर्दै अष्ट्रेलिया भ्रमणमा लगिएको कम्पनीले जनाएको छ । सहभागी डिलरले अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानबेरालगायत प्रमुख सहरको भ्रमण गर्नेछन् ।

भ्रमणका क्रममा उनीहरूले रङ उद्योग, आधुनिक निर्माण प्रविधि र अन्तर्राष्ट्रिय बजारबारे प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्ने कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण अर्यालले बताए । कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले यो भ्रमण मनोरन्जन मात्र नभई व्यावसायिक बजार विस्तारमा उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्