बजाज नयाँवर्ष अफरका विजेता घोषणा

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपाली नयाँ वर्ष २०८२ अवसरमा सार्वजनिक गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । अफरमा सहभागीमध्ये लक्की ड्रमार्फत एस एन्ड ब्रदर्स अटो प्रालि, विराटनगरका मोसिम आलमले एक लाख नगद पुरस्कार जित्न प्राप्त गरेका छन् ।
अफरले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको कम्पनीको भनाइ छ । अफरमा ग्राहकले डिजिटल अनुभवमार्फत एक लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्ट जित्ने अवसर पाएको कम्पनीले जनाएको छ । अफर योजनामा सहभागीले घरमै बसीबसी विभिन्न आकर्षक उपहार जित्न सफल भएको कम्पनीका मार्केटिङ हेड अमितराज चालिसेले बताए ।