Logo

निफ्रालाई पाँच अर्बको हरित ऊर्जा ऋणपत्र निष्कासन अनुमति

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हरित ऊर्जा ऋणपत्र निष्कासन अनुमति दिएको छ । सात वर्षे अवधिको ऋणपत्रको ब्याजदर ६ प्रतिशत रहेको छ ।

बैंकले निष्कासन गर्ने पाँच अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्रमा सर्वसाधारणका लागि दुई अर्बको जारी गर्नेछ । बैंकले एक हजार अंकित मूल्यका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो ।

‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ ऋणपत्रबाट संकलित पुँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकासमा प्रयोग गरिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्