सन नेपाल लाइफले हकप्रद सेयर बिक्री खुलायो

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर बिक्री खुलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।
१ अर्ब ६ करोड ९६ लाख ३२ हजार बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरिएको कम्पनीको सूचनामा उल्लेख छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ भने जेठ १९ सम्म आवेदन दिन सकिनेछ ।