Logo

चितवनमा हुन्डाई क्रेटा ईभी सार्वजनिक

काठमाडौं– नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चितवनको भरतपुरमा नयाँ विद्युतीय सवारी (ईभी) क्रेटा सार्वजनिक गरेको छ । मंगलबार कम्पनीले ईभी क्रेटा सार्वजनिक गर्नुका साथै ५ युनिट क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण गरिएको जनाएको छ ।

वैशाख २९ मा भरतपुरस्थित हुन्डाईको आधिकारिक डिलर पिनाकल ट्रेडिङ प्रालिमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ क्रेटा ईभी आगमनले विद्युतीय गाडी सम्बन्धी सोच र शंका भएका ग्राहकलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ । हुन्डाई नेपालले देशमै आईसीई, पेट्रोल मोडल निर्माण थालिसकेको छ ।

ग्राहकलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पाट्र्स र सपोर्टमा कुनै किसिमको कमी हुन नदिइने प्रतिबद्धता कम्पनीले जनाएको छ । हाल कम्पनीले देशभर ६६ वटा रि–ल्याक्स चार्जर नेटवर्क विस्तार गरेको छ भने ग्राहकलाई पाट्र्सको कुनै समस्या नहुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्