गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा सामूहिक भोजन वितरण

काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले २५६९औं बुद्ध जयन्ती अवसरमा महानगरको वडा–१५ स्थित स्वयम्भूनाथ स्तुपा परिसरमा श्रद्धालुलाई सामूहिक भोजन वितरण गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नकर्मी समाजको सहकार्यमा श्रद्धालुलाई सामूहिक भोजन वितरण गरेको हो ।
कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेन्ट बैंकिङका फाइनान्स अनुपालन अधिकृत सन्तोषकुमार चौरसियालगायत अभिषेक श्रेष्ठ, रजनी महर्जन र सविना श्रेष्ठलगायत संस्थाका अन्य कर्मचारी तथा नकर्मी समाजका सदस्य उपस्थित थिए ।
विगतदेखि नै सीआरएसअन्तर्गत सामाजिक कार्य गरिँदै आएको कम्पनीका सीईओ तोयराज अधिकारीले बताए । हाल कम्पनीले देशभर २३ शाखा र चार वटा विस्तारित काउन्टरबाट वित्तीय सुविधासहित एटीएम, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङलगायत सेवा दिँदै आएको छ ।