सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं- सुनको मूल्य बढ्दा चाँदी घटेको छ । सुनको मूल्य बुधबार तोलामा ५ सय बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३२ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।