ग्यास चुहिएर मखनटोलमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं- काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको हो ।
काठमाडौं र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । अहिले क्षतिको विवरण संकलन भइरहेको छ ।