Logo

लाप्चे तामाकोसी र चेपे खोला क्यास्केडमा लगानी जुट्यो

काठमाडौं– एनएमबी बैंकको अगुवाइमा चार वाणिज्य बैंकले लाप्चे तामाकोसी जलविद्युत् आयोजनामा ऋण लगानी सम्झौता गरेका छन् । नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एभरेष्ट बैंकले दोलखास्थित बिगु गाउँपालिकामा रहेको लाप्चे तामाकोसीमा ऋण लगानी गर्न डायनामिक हाइड्रो इनर्जी प्रालिबीच वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।

४२ मेगावाट क्षमताको लाप्चे तामाकोसी आयोजनाको अनुमानित लागत सात अर्ब हुनेछ । यसमा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् । एनएमबी बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्झौता गरेको छ । दुई मेगावाट क्षमताको चेपे खोला आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रुपैयाँ छ ।

यो आयोजनामा बैंकले ३४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले ऋण सम्झौतामा हस्ताक्षर गरे । एनएमबीले हालसम्म ५० बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्