Logo

दुई हजार घट्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य दुई हजार घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, एक तोला चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा मंगलबार एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्