Logo

वज्रमादीमा एनएमबी र कृषि विकास बैंकको पौने चार अर्ब लगानी

काठमाडौं– एनएमबी बैंक र कृषि विकास बैंकले वज्रमादी जलविद्युत् आयोजनामा पौने चार अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

कास्कीको मादी गाउँपालिकामा रहेको २४.८ मेगावाट क्षमताको वज्रमादी जलविद्युत् आयोजनामा लगानी गर्न वज्र इनर्जी भेन्चर्स र दुई बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।

पाँच अर्ब ३५ करोड रुपैयाँ लागत अनुमानको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा कृषि विकास बैंकले सदस्य बैंकका रूपमा तीन अर्ब ७४ करोड ५० लाख लगानी गर्नेछन् ।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भिजन लुम्बिनीप्रति विश्वास भएकै कारण नयाँ आयोजनामा पनि ऋण लगानीको नेतृत्व गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्