Logo

टाटा ग्रीन ब्याट्रीको नि:शुल्क चेकअप शिविर

काठमाडौं– लक्ष्मी अटोकम्प प्रालिले पहिलो पटक उपत्यकाबाहिर नि:शुल्क ब्याट्री चेकअप शिविर सञ्चालन गर्ने भएको छ । नेपालका लागि टाटा ग्रीन ब्याट्रीको आधिकारिक वितरक लक्ष्मी अटोकम्पले मंगलबारदेखि शिविर सञ्चालन गर्ने भएको हो ।

शिविरमा ग्राहकले टाटा गाडीको ब्याट्री नि:शुल्क स्वास्थ्य परीक्षण गराउन सक्ने कम्पनीले बताएको छ । टाटा ग्रीन ब्याट्री खरिद गर्दा उपयोग गर्न मिल्ने छुट कुपन तथा गिफ्ट सामग्री पनि वितरण गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले वैशाख ३० मा बर्दिबासको श्रेष्ठ ट्रेडर्स, वैशाख ३१ मा स्टार जनरल सप्लायर्स, बजरंग चौक, जेठ १ मा जानकी ट्रेडर्स, भानुचोक जनकपुरधाममा नि:शुल्क ब्याट्री चेकअप शिविर सञ्चालन गर्ने भएको हो । यस्तै, जेठ २ मा रोशन ट्रयाक्टर पाट्र्स, पिडारीचोकमा शिविर सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्