एनएलजी इन्स्योरेन्सको २.६३ प्रतिशत लाभांश पारित

काठमाडौं– एनएलजी इन्स्योरेन्सनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २.५० प्रतिशत बोनस सेयर र ०.१३ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित २.६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।
कम्पनीको वैशाख २६ मा बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि लाभांश वितरण प्रस्ताव पारित गरेको हो । बीमा प्राधिकरणको स्वीकृति र कम्पनीले आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।