माउन्टेन ड्युमा ‘पिक्स अफ करेज’ अभियान

काठमाडौं– पेप्सीकोला ब्रान्ड माउन्टेन ड्युले ‘पिक्स अफ करेज’ अभियान सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा थालिएको अभियानले नेपालका धेरै प्रचारमा नआएका हिम शिखरबारे जानकारी गराउने कम्पनीले जनाएको छ ।
नेपालको हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहसिक, साहस र अव्यक्त कथाको मर्मलाई उत्सवमय रुपमा मनाइने यो एक प्रकारको आफ्नै किसिमको पहिलो सांस्कृतिक अभियान रहेको कम्पनीको भनाइ छ । डिस्कभरी च्यानलद्वारा संसारभर पुर्याइने यस पहलले सगरमाथाबाहेकका अन्य नेपाली साहसिक शिखरबारे विश्वलाई चिनाउनेछ । पिक अफ करेज अभियानले नेपाल केवल सगरमाथाको घरमात्र नभई विश्वकै अधिक साहसिक आरोहणको भूमि पनि हो भन्ने बलियो सन्देश दिने दाबी कम्पनीको छ ।
कम्पनीले इमर्सिभ स्टोरी टेलिङमार्फत मौसमी आरोही र नयाँ एडभेन्चरलाई आमन्त्रण गरेर नेपालको चर्चामा नआएका शिखरबारे जानकारी गराउनेछ भने सीमाभन्दा परका साहसको खोजी गर्नेछ । यस पहलले शेर्पा, आरोहीका पथ प्रदर्शक र स्थानीय पर्यटन व्यवसायीका लागि वास्तविक र दिगो अवसर सिर्जना गर्नेछ, जसले एडभेन्चरलाई वर्षभरिको आर्थिक कारोबारमा प्रभावमा परिवर्तन गरिदिने कम्पनीले जनाएको छ ।
पहललाई जिन्दगीमा जोड्न ब्रान्डले नेपालको डरलाग्दो भूबनोटको विपक्षमा तयार पारिएको अभियान फिल्म प्रदर्शन गरेको पेप्सिको इन्डियाका दक्षिण एसिया हेर्ने चिफ मार्केटिङ अफिर तरुण भगतले बताए । उनका अनुसार माउन्टेन भ्यु सधैं पहिला साहसिक कार्यको सीमा तोड्दै डरको अघि जित छ भन्ने पक्षमा उभिँदै आएको अभियान सुरुआत गर्दै वरुण वेभरेज नेपाल प्रालिका कन्ट्री हेड विशाल सिंहले जानकारी दिए ।