Logo

आईएमई लाइफ र ह्याम्स अस्पतालबीच छुट सम्झौता

काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले ह्याम्स अस्पतालमा विशेष छुट पाउने भएका छन् । ह्याम्स अस्पतालमा उपचार सेवा लिँदा आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीले १० प्रतिशत छुटका साथै औषधी खरिदमा ५ प्रतिशत छुट पाउने सम्झौता भएको हो ।

छुट सुविधा प्राप्त गर्न कम्पनीका बीमितले आईएमई लाइफको मोबाइल एपमा रहेको बीमालेख देखाई सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गर्नुपर्नेछ । यस किसिमको सहकार्यले व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग पुग्नुका साथै बीमित अभिकर्ता तथा कर्मचारीलाई लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्