Logo

बौद्ध शाखामा नबिल बैंकको प्रायोरिटी बैंकिङ लाउन्ज

काठमाडौं– नबिल बैंकले बौद्ध शाखामा पाँचाैं प्रायोरिटी बैंकिङ लाउन्ज सुरु गरेको छ । आइतबार बैंकका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले उक्त लाउन्ज उद्घाटन गरेका हुन् ।

ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउन्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज र कौशलटार शाखाबाट प्रायोरिटी बैंकिङ सुविधा दिँदै आएको छ ।

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउन्जको पहुँच प्राप्त गर्न, छिटो–छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायत सेवा लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्