Logo

विजेतालाई टेल्जीको स्कुटर

पोखरा– नवौं संस्करणको पोखरा स्पोर्टस् अवार्डका विजेता खेलाडीलाई टेल्जी स्कुटर उपहार प्रदान गरिएको छ । पोखरामा सम्पन्न कार्यक्रममा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले जितेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको अवार्ड समारोहमा उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी शाही वर्ष खेलाडी घोषित हुँदा पुरुषतर्फ भलिबलका अधिकारी वर्ष खेलाडी भएका हुन् ।

गत वर्ष प्रदेशबाट खेल क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै छनोट समितिको सिफारिसमा वर्ष खेलाडी स्वरुप टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिएको हो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङसमेत मनोनयनमा परेका थिए । पुरुषतर्फ टेनिसका प्रदिप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा पर्न सफल भएका थिए । महिला वर्ष खेलाडी उपाधि विजेता अरुणा शाही नेपाली महिला भलिबल राष्ट्रिय टिमकी कप्तान हुन् ।

अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा नेपाली महिला टोलीले भारत माथि ऐतिहासिक जित हासिल गरे पनि फाइनलमा भारतसँगै पराजित भएर उपविजेता भएको थियो । पुरुषतर्फ वर्ष खेलाडी विश्वास अधिकारी नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाझोबारीका उनले २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरेका थिए । उनले प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समेत उनी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट ओलम्पियन शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान भएकी छन् । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट भइन् । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत मनोनयनमा परेका थिए । टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्